Logo

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १० देखि १३२० कित्तासम्मका लागि आवेदन दिन सकिने

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १० देखि १३२० कित्तासम्मका लागि आवेदन दिन सकिने



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले जारी पुँँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो ।

laxmi

यस अनुसार लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पुँँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL