काठमाडौं । नेपाल निर्यात व्यवसायी महासंघले आफ्ना धेरैजसो सुझावहरु बजेटमा समेटिएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै महासंघले बजेटपूर्व महासंघले दिएका सुझावहरुलाई बजेटमा समावेश गरिएको भन्दै आगामी आर्थिक बर्षको बजेटको स्वागत गरेको हो । महासंघका अनुसार अन्तराष्ट्रिय प्रर्दशनी केन्द्र स्थापना गर्ने, निर्यात प्रयोजनको लागि अन्तराष्ट्रिय मेला आयोजना गर्ने, सिमेन्ट, प्रशोधित पानी, स्टिल, फुटवेयर, क्लिङकर…