Logo

पहिलो महिना जीवन बीमा कम्पनीले कमाए १५ अर्ब बीमाशुल्क, सबैभन्दा बढी बागमती प्रदेशबाट

पहिलो महिना जीवन बीमा कम्पनीले कमाए १५ अर्ब बीमाशुल्क, सबैभन्दा बढी बागमती प्रदेशबाट



काठमाडौं । नेपालमा संचालित विभिन्न १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिना (साउनमा) १५ अर्ब बढी रकम कुल बीमाशुल्क उठाएका छन् । बीमा समितिले सार्वजनिक गरेको गत चालु आर्थिक बर्षको पहिलो साउन महिनाको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले एक महिनामै १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ आर्जन गरेका हुन् । गत आर्थिक बर्षको पहिलो महिना साउनमा भने जीवन बीमा कम्पनीहरुले यस्तो बीमाशुल्क साढे १६ अर्ब बढी आर्जन गरेका थिए । यसपल्ट भने कम्पनीहरुको बीमाशुल्क आर्जनमा केहि गिरावट आएको छ ।

चालु आर्थिक बर्षको पहिलो महिनामा बीमाशुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यससँगै कम्पनी धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीहरुको सूचीमा अग्रस्थानमा छ । यस्तै लाइफ इ्रन्स्योरेन्स कर्पोरेशनले साउन महिनामा १ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको । साथै नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६१ करोड ५५ लाख, युनियन लाइफले ८० करोड ३८ लाख रुपैयाँ र एशियन लाइफले ७० करोड ६९ लाख रुपैयाँ साउन महिनामा मात्रै आर्जन गरेका छन् ।

यता सूर्या लाइफले ५४ करोड ७ लाख, सिटिजन लाइफले ५१ करोड ९७ लाख, राष्ट्रिय बीमा संस्थानले ५० करोड २० लाख, मेट लाइफले ४८ करोड ३२ लाख, प्राइम लाइफले ४६ करोड २३ लाख, ज्योति लाइफले ४० करोड ३८ लाख, गुराँस लाइफले ४० करोड ३७ लाख, सन नेपाल लाइफले ३९ करोड ४२ लाख, आइएमई लाइफले ३८ करोड २३ लाख, रिलायन्स लाइफले ३० करोड १५ लाख, रिलायबल नेपाल लाइफले २९ करोड २१ लाख, प्रभु लाइफले २३ करोड ४४ लाख, सानिमा लाइफले १८ करोड ७३ लाख र महालक्ष्मी लाइफले १६ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा ७ लाख १० हजार ३४ बीमालेख जारी भएका छन् । जसमध्ये बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क भने बागमती प्रदेशबाट उठाएको देखिन्छ । विमा समितिको तथ्यांकलाई हेर्दा १९ जीवन बीमा कम्पनीहरुले बागमति प्रदेशबाट मात्रै पहिलो महिना ६ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेका छन् ।

यस्तै कम्पनीहरुले लुम्बिनी प्रदेशबाट २ अर्ब ११ करोड, प्रदेश १ बाट २ अर्ब २ करोड, गण्डकी प्रदेशबाट १ अर्ब ५९ करोड र मधेर प्रदेशबाट १ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेका छन् । यता बीमा कम्पनीहरुले सुदूरपश्चिम प्रदेशबाट ७५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दा कर्णालीबाट भने सबैभन्दा कम ६८ करोड रुपैयाँ मात्रै आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL