Logo

राहुल रञ्जन शाह वाई वाई ग्लोकल टिन हिरो २०२२ उपाधिबाट सम्मानित

राहुल रञ्जन शाह वाई वाई ग्लोकल टिन हिरो २०२२ उपाधिबाट सम्मानित



काठमाडौं । ग्लोकल प्रालिले आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२२’को उपाधि राहुल रञ्जन शाहले प्राप्त गरेका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२२ को घोषणा द सोल्टी काठमाडौमा गरिएको हो ।

laxmi

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष शाह, धनुषा, शिक्षा प्राबिधिक, विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता , दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी , निश्चल सिंह विष्ट, अछाम, एकोप्रेनेउर, राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी र सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।

राहुल रञ्जन साह एक खगोल व्यवसायी, खगोलविद् र शोधकर्ता हुन ्। उनी खगोलीय अनुसन्धानमा समर्पित छन्। उनी नेपाल एस्ट्रोनोमिकल सोसाइटी, स्टुडेन्ट एक्सप्लोरेसन एन्ड डेभलपमेन्ट अफ स्पेस–नेपालसँग आबद्ध छन् । उनी अन्तरिक्षमा विद्यार्थी विकास र अन्वेषण एसएक्ससीको संस्थापक सदस्य पनि हुन् । हाल उनी नेपालको पहिलो निजी अन्तरिक्ष मिसनलाई व्यवसायीकरण र विकास गर्न पहल गर्ने परियोजना उद्यम ‘आरोहण’ मा एस्ट्रोप्रेनरको रूपमा काम गरिरहेका छन्।

उनले नेपालभरका विद्यार्थीहरूका लागि पूर्ण रूपमा विकास गर्ने स्रोतहरू पनि समर्पित गरेका छन्। उनी पछिल्लो समय खगोल विज्ञानका विभिन्न क्षेत्रबाट नासासँगको अनुसन्धान देखि अनुवादसम्म र नेपालको प्रतिनिधित्व गर्ने धारणालाई परिवर्तन गर्न काम गरिरहेका छन ।

देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो। यी किशोरकिशोरीहरु शिक्षा, समाजसक्रियता, महिला अधिकार, चलचित्र निर्माण, जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । समाजमा रहेका असाधारण किशोरकिशोरीहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, विधुसी राणा, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुप का अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष,सौरभ ज्योति रहेका थिए । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले सात दिने लामो क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२२ को बिजेता घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL