काठमाडौं । मिटरब्याजी अपराध नियन्त्रण सुझाव दिन गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले मिटरब्याजी नियन्त्रण र पिडितका समस्या समाधानलगायतका कुराहरुलाई समेटेर बनाएको प्रतिवेदन आज पेश गरेको हो । विभिन्न ३२ बुँदे सुझाव समेटिएको उक्त प्रतिवेदनमा मिटरब्याजसम्बन्धि समस्याको कारण, यसका समाधान र उपाय खुलाईएको कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव भिष्म कुमार भुसालले जानकारी दिए…