Logo

१३ अंकले घट्यो नेप्से, कारोबार रकम ८३ करोड माथि

१३ अंकले घट्यो नेप्से, कारोबार रकम ८३ करोड माथि



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १३.५९ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा १९ सय १२ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज कारोबार अवधिभर २ सय २५ कम्पनीका २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रुपैयाँ पुगेको छ । यो हिजो अर्थात आईतबारको तुलनामा केहि बढी हो ।

आज बजारमा म्युचुअल फण्ड सामान्य अंकले उकालो लाग्दा सबै समुहका परिसुचकमा गिरावट आएको देखिन्छ । जसमध्ये सबैभन्दा बढी गिरावट आएको जीवन बीमा समुहको परिसुचक ५२ अंकले घटेको छ ।

यस्तै आज निर्जीवन बीमा समुहको परिसुचक ४६, लघुवित्त र जलविदुत ३१, अतिरिक्त २३ र वित्त समुहको परिसुचक १४ अंकले घटेका छन् । आज नबिल बैंकको सबैभन्दा बढी ४ करोड रुपैयाँ बढिको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL