Logo

भायानेटले ल्यायो दशैँ अफर, इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिने

भायानेटले ल्यायो दशैँ अफर, इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिने



काठमाडौं । दशैंमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले एक अफर ल्याएको छ। यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्।

laxmi

यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ। कम्पनीका अनुसार ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.ए राउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ। कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो।

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट-टप-बक्स मात्र रु. ५०० डिपोजिट गरी प्राप्त गर्न सक्नेछन्।

उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL