काठमाडौं । धरहरा पुनर्निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने…