Logo

दूधको मूल्य प्रतिलिटर १४ रूपैयाँ बढ्यो, घ्यू र दहीको मूल्यमा पनि भारी वृद्धि

दूधको मूल्य प्रतिलिटर १४ रूपैयाँ बढ्यो, घ्यू र दहीको मूल्यमा पनि भारी वृद्धि



काठमाडौं । देशभर दूग्ध पदार्थको उपभोक्ता मूल्य वृद्धि भएको छ । निजी डेरीहरूले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका हुन् । दूग्धजन्य पदार्थको मूल्य बढेसँगै पनिरको मूल्य प्रतिकिलो १४० रुपैयाँले र घ्यू प्रतिलिटर २ सय रुपैयाँले महँगिएको छ । निजी डेरीहरूको संस्थाले एक लिटर दहीमा २५ रुपैयाँले वृद्धि गरेको छ ।

laxmi

गत साता नेपाल सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो । बिहीबार निजी डेरीहरूले दूग्धजन्य पदार्थको मूल्य मनपरी बढाएका छन् । मूल्यवृद्धिपछि अब एक लिटर प्रशोधित दूधको लागि एक रुपैयाँ तिर्नुपर्नेछ ।

एक लिटर दही किन्न १९० रुपैयाँ खर्च गर्नु पर्ने भएको छ । नयाँ मूल्य सूची अनुसार एक केजी पनिरको ८४० रुपैयाँ र घ्यूको मूल्य प्रतिलिटर एक हजार तीन सय रुपैयाँ पुगेको छ । नयाँ मूल्य देशभर दूधकोलागि शुक्रबारबाट तथा दही, घ्यू, पनिरको शनिबारबाट लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL