Logo

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, कति मत पाए ?

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, कति मत पाए ?



काठमाडौं । नेपालको राष्ट्रपति पदमा मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ५ सय ६६ मत पाएर उक्त पदमा निर्वाचित भएका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएको संघीय संसद स्रोतले जानकारी दिएको छ । उनले निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएका छन् ।

laxmi

यस्तै उनका प्रतिद्वन्दी उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले २ सय ५८ मत पाएर हार ब्यहोरेका छन् । उनले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाएका हुन् । । नेम्वाङले निर्वाचनमा १५ हजार ५ सय १८ मत भार पाएका छन् ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी ८ सय ३१ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL