काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म खुद नाफा ४.४७ प्रतिशतले बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म…