Logo

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेदवारी दर्ता, को–को छन् टीममा ?

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेदवारी दर्ता, को–को छन् टीममा ?



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले मंगलबार मनोनयन दर्ता गरेको छ ।

laxmi

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरुको सामुहिक उम्मेदवारी दर्ता गरेको हो ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगततर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन् ।

एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहबाट उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अन्जन समूहका प्रबलजंग पाण्डेलगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे । एसोसिएट्समा दुबैतर्फका बराबर सदस्यहरु राख्ने सहमति भएको छ ।

यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन् । उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन् ।

“अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” श्रेष्ठले भने, “अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ ।” आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL