काठमाडौं । नेपाल उद्योग परिसंघले पछिल्लो समय धेरैजसो वस्तुको मागमा ठुलो संकुचन आएको बताएको छ । राष्ट्रिय कर दिवसको अवसरा राजस्व सचिव रामेश्वर दंगाल र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँगको अन्तरक्रिया कार्यक्रममा परिसंघले वस्तुको माग घटेपछि त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको जानकारी दिएको हो । ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा…