काठमाडौं । सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले गम्भीर आपत्ति जनाएको छ । सरोकारवाला निकायहरूसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको यो निर्णयले समस्याभन्दा चुनौती थप्ने क्यान महासंघको ठहर छ । सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले अवसर र चुनौती दुवै स्वाभाविक रूपमा आउने…