Logo

हङकङलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो शेयर बजार, यी हुन् विश्वका टप फाइभ स्टक मार्केट

हङकङलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो शेयर बजार, यी हुन् विश्वका टप फाइभ स्टक मार्केट



काठमाडठौं । भारत विश्वको चौथो ठूलो शेयर बजार बनेको छ । हङकङलाई हराउँदै भारत पहिलो पटक शीर्ष चारमा पुगेको छ । भारतीय एक्सचेन्जहरूमा सूचीबद्ध शेयरहरूको संयुक्त मूल्य ४.३३ ट्रिलियन डलर पुगेको छ, जबकि हङकङ स्टक बजारको मूल्य ४.२९ ट्रिलियन डलरमा झरेको छ ।

laxmi

यसरी भारत विश्वको चौथो ठूलो इक्विटी बजार बनेको छ । भारतीय शेयर बजारले डिसेम्बर ५ मा पहिलो पटक चार ट्रिलियन डलर नाघेको थियो । त्यसमध्ये विगत चार वर्षमा भारतमा करिब दुई खर्ब डलर थपिएको छ । भारत विश्वको सबैभन्दा छिटो बढिरहेको ठूलो अर्थतन्त्र हो ।

यसबाहेक, आर्थिक सुधारहरूले पनि भारतलाई विश्वभरका लगानीकर्ताहरूको आकर्षक गन्तब्य बनाएको छ । हाल अमेरिका विश्वको सबैभन्दा ठूलो शेयर बजार हो जसको मूल्य ५०.८६ ट्रिलियन डलर छ । चीन ८.४४ ट्रिलियन डलरको साथ दोस्रो स्थानमा र ६.३६ ट्रिलियन डलरसहित जापान तेस्रो स्थानमा छ ।

गत वर्ष भारतीय सेयर बजारमा निकै वृद्धि भएको थियो । विश्वभरका केन्द्रीय बैंकहरूले यो वर्ष ब्याजदर घटाउने विज्ञहरू बताउँछन् । यसले लगानीकर्ताको विश्वास बढ्नेछ र भारतीय शेयर बजार बढ्नेछ । लगानीकर्ताहरु फ्रेबुअरी १ मा प्रस्तुत हुने अन्तरिम बजेटको घोषणाको पर्खाइमा छन् ।

भर्खरै भएको विधानसभा चुनावमा भाजपाको जितले पनि लगानीकर्ताको आत्मविश्वास बढेको छ । यदि बीजेपी नेतृत्वको एनडीएले लगातार तेस्रोपटक आम चुनाव जित्यो भने यसले भारतको अर्थतन्त्रलाई अझ बढावा दिने अपेक्षा छ । गत वर्ष लगातार आठौं वर्ष भारतीय शेयर बजार बढेको छ । अर्कोतर्फ हङकङको ह्याङ सेङ लगातार चौथो वर्ष ओरालो लागेको छ भने चीनको सांघाई स्टक एक्सचेन्ज पनि लगातार दोस्रो वर्ष घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL