काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई नौं विकेटले हराएको हो । जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो । नेपालका लागि सिवान्स बजगाईले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए…