काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका लागि निर्यात हुने हरेक नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड दिएका छन् । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याए । आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व वृद्धि, र दिगो विकासलाई…