काठमाडौँ । शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो…