Logo

साताको पहिलो दिन साढे १० अंकले घट्यो सेयर बजार, कारोबार ४ अर्बमाथि

साताको पहिलो दिन साढे १० अंकले घट्यो सेयर बजार, कारोबार ४ अर्बमाथि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा झरेको छ । आज सेयर बजार समग्रमा ०.५० प्रतिशतले घटेको छ ।

laxmi

सेयर बजार घटेको भएता पनि सेयर कारोबार भने उत्साहजनक भएको छ । आइतबार ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ३ सय ५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको ९१ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १ सय ४८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आइतबार कारोबारमा आएको कम्पनीमध्ये दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त र कुथेली बुखरीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ।

आज ६२ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रि–इन्स्योरेनस अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र हिमालयन डिष्टिलरी परेका छन् ।

त्यस्तै, दोर्दी खोला, माया खोला, त्रिशुली जलविधुत, अपर सोलु, मिड सोलु, रावा खोला, सिद्धार्थ इक्विटी फण्ड र साधना लघुवित्तको सेयर मूल्य वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL