काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादूर श्रेष्ठले नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोलाई आधार बनाएर कर्जा दिँदा त्यसले सीमित धनी व्यक्तिहरुलाई मात्रै पोस्ने काम भएको बताएका छन् । ‘अहिले नेपालको कुल कर्जा प्रबाहको ६७ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रबाह भएको छ,’ नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)को चौधौं बार्षिक साधारणसभामा बोल्दै…