Logo

२०८१ मा ४६ दिन बैंक बन्द हुने, यस्तो छ बिदा सूची

२०८१ मा ४६ दिन बैंक बन्द हुने, यस्तो छ बिदा सूची



काठमाडौं । आगामी बर्ष २०८१ सालमा नेपालका बैंकहरु शनिबारबाहेक थप ४६ दिन बन्द हुने भएका छन् । नेपाल पंचांग निर्णायक समितिले आगामी बर्षको पात्रो सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंकले सोही अनुसार सार्वजनिक बिदाका दिनमा बैंक बन्द हुने सूची सार्वजनिक गरेको हो ।

laxmi

राष्ट्र बैंकका अनुसार आगामी बर्ष हुने सबैजसो चाडपर्वमा बैंकहरु बन्द हुनेछन् । जसमा दशैंमा ५ दिन र तिहारमा ५ दिन बैंक बन्द हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यससँगै प्रत्येक हप्ताको शनिबार पूण बिदा र शुक्रबार आधा दिन बैंक बन्द हुनेछन् । यस्तै कुनै आकस्मिक बिदाका दिन पनि बैंक बन्द भएपनि नगद भुक्तानी, इसीसी, आरटीजीएसलगायतका सेवाहरु भने सूचारु नै हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL