Logo

सिटिजन्स बैंकद्वारा मानवसेवा आश्रम जनकपुरलाई सहयोग, विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री प्रदान

सिटिजन्स बैंकद्वारा मानवसेवा आश्रम जनकपुरलाई सहयोग, विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री प्रदान



काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरमा अवस्थित मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावक विहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन विताईरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको संस्था मानवसेवा आश्रमलाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

laxmi

मानवसेवा आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सहयोग स्वरुप सामग्रीहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरुको जिविकोपार्जन तथा सहजिकरणको निमित्त उक्त सामाग्रीहरू संस्था लाई हस्तान्तरण गरि मानवसेवामा समर्पित हुन पाँउदा हर्षित भएको व्यक्त गरे ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL