काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा नदी कटान र बाढी नियन्त्रणका लागि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको छ। संघीय र प्रदेश सरकारको बजेटबाट म्याग्दी नदी किनारमा पक्की पर्खाल निर्माण गरिएको छ, जसमध्ये एउटा योजना फागुनदेखि सुरु भई बर्खाअघि नै सम्पन्न भयो। २०७८ मा म्याग्दी नदीको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गर्दा घरहरू भत्किएका…