काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज (सोमबार) पनि अति अस्वस्थकर रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को मापनअनुसार काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको दोस्रो नम्बरमा छ। प्रदूषणमा पहिलो स्थानमा भारतको नयाँदिल्ली हरेको छ । यस्तै, तेस्रो स्थानमा पाकिस्तानको लाहोर शहर छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म…