काठमाडौं । प्रभु मनि ट्रान्सफर इण्डिया र भारतस्थित मुथुत फाइनान्स लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच प्रभु मनि ट्रान्सफर इण्डियाका प्रमुख कार्यकारी अधिकृत कुसुम लामा र फाइनान्सका चिफ जनरल म्यानेजर केआर बिजीमोनले हस्ताक्षर गरे । यससँगै भारतभर रहेका मुथुत फाइनान्सका ७ हजार शाखामार्फत नेपालमा रकम पठाउन सकिन्छ । सो रकम प्रभु बैंकका…