Logo

साताको पहिलो दिन २३ अंकले घट्यो नेप्से, सवै समुह रातो

साताको पहिलो दिन २३ अंकले घट्यो नेप्से, सवै समुह रातो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च रुपमा ओरालो लागेको छ । आइतबार नेप्से परिसुचक २३ दशमलव १९ ले घटेको छ । बजार खुलेदेखि ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक २ दशमलव १२ प्रतिशतले घट्दै १ हजार ७१ दशमलव ३८ अंकमा झरेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसचक ओरालो लागेको छ । सो समुहको परिसुचक १ सय ३० अंकभन्दा बढीले ओरालो लागेको छ । यसैगरी नेप्सेमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि उच्च रुपमा घटेको छ । सो समुहको परिसुचक २६ अंकले घटेपटि समग्र नेप्से परिसुचक ओरालो लागेको हो ।

बजारमा सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा जलविद्युत २६ अंकले घटेको छ भने विकास बैंक समुह पनि १४ अंकले ओरालो लागेको छ ।
आइतबार दिनभर १ सय १५ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल २४ करोड रुपैयाँ बरावरको ५ लाख ३२ हजार कित्ता सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL