Logo

१४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज हुँदै, पुरस्कार राशी ६ लाख

१४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज हुँदै, पुरस्कार राशी ६ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधौं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१५आगामी मंसिर ११ गतेखेअि शुरु हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफटिङ एजेनिसज (नारा) ले आयोजना गर्न लागेको सो प्रतिायोगितामा ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकको दावी छ । प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।

अष्ट्रेलिया, क्यानडा, अमेरिका, चीन, मलेसियालगायत २० भन्दा बढी राष्ट्रका प्रतियोगीहरुको सहभागिता रहने नाराका अध्यक्ष चन्द्रबहादुर दाहालको दावी छ । र्याफटिङ चितवनको फिस्लिङदेखि कुरिनटारसम्म सञ्चालन हुने बताइएको छ ।

भुकम्पपछिको नेपालको शाहसिक जलयात्रा सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिकएको दाहालले बताए । ‘ हामीले प्रवद्धर्नात्मक रुपमा हरेक बर्ष प्रतियोगिता सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘यसपटक भने जलयात्राका लागि खुल्ला १६ ओटै नदीमा सकुसल र सुरक्षित जलयात्राको सन्देश दिने उद्देश्य हो ।’

प्रतियोगिता अन्तर्गत कायाक स्लालोम कम्पिटिशन, कायाक बोटर क्रस कम्पिटीशन र कायाक फ्रिस्टायल कम्पिटिनन रहने छन् । जसमा सिनियर, जुनियर तथा महिलाको छुट्टाछुट्टै प्रतियोगिता हुने छ । प्रतियोगितामा कायाक स्लालोम,कायाक फ्रिस्टाइल तथा कायाक बोटर क्रमस अन्तर्गत प्रथम, द्धितिय र तृतियलाई क्रमशः १ लाख, ६५ हजार र ३५ हजार दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि विदेशी प्रतियोगीले ४५ डलर र नेपालीले २ हजार ५ सय तिर्नुपर्ने छ । सहभागीका लागि आयोजकले यातायात, खाना तथा बस्नको व्यवस्था मिलाउने जानकारी दिएको छ । प्रतियोगीतामा २५ लाख भन्दा बढी खर्च हुने अनुमान आयोजकको छ ।

नाराका अनुसार विश्वका र्फटिङका लागि उत्कृष्ट १० नदिहरुमा नेपालको भोटेकोशी, कर्णाली र सुनकोशी पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL