काठमाडौं । नेपाल आयल निगमले स्कुल बुस, कुटनीतिक नियोग तथा राजदुताबासका सवारीलाई सशस्त्र प्रहरीको हल्चोक, नेपाल प्रहरीको नक्साल, बसुन्धराको महालक्ष्मी, लगनखेलको शक्तिदेवी, सानेपाको इन्द्रायणी र ठिमीको गुहेश्वरी पम्पबाट तेल उपलब्ध गराइने भएको छ । त्यस्तै अत्यावश्यक खाद्यबस्तु, दूध, पानी र तरकारी ढुवानीका सवारीका लागि सानेपाको इन्द्रायणी, ठिमीको गुहेश्वरी, टेकुको नेशनल ट्रोडिङबाट तेल उपलब्ध गराउन लागेको बताइएको…