Logo

अत्यावश्यक सवारी र स्कुल बसलाई कहाँबाट उपलब्ध हुँदै छ तेल, हेर्नुहोस तालिका

अत्यावश्यक सवारी र स्कुल बसलाई कहाँबाट उपलब्ध हुँदै छ तेल, हेर्नुहोस तालिका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले स्कुल बुस, कुटनीतिक नियोग तथा राजदुताबासका सवारीलाई सशस्त्र प्रहरीको हल्चोक, नेपाल प्रहरीको नक्साल, बसुन्धराको महालक्ष्मी, लगनखेलको शक्तिदेवी, सानेपाको इन्द्रायणी र ठिमीको गुहेश्वरी पम्पबाट तेल उपलब्ध गराइने भएको छ ।

त्यस्तै अत्यावश्यक खाद्यबस्तु, दूध, पानी र तरकारी ढुवानीका सवारीका लागि सानेपाको इन्द्रायणी, ठिमीको गुहेश्वरी, टेकुको नेशनल ट्रोडिङबाट तेल उपलब्ध गराउन लागेको बताइएको छ । त्यस्तै औषधि ढुवानी, एम्बुलेन्स, दमकल र फोहोरमैलाका गाडीका लागि प्रहरीको नक्साल, स्वयम्भुको साझा र बसुन्धराको महालक्ष्मी पम्पबाट तेल हाल्न पाउनेछन् ।

स्थानीय रुटका सवारीले पायक पर्ने पम्पहरुबाट तेल हाल्न सकिने व्यवस्था गरिएको आयल निगमले जानकारी दिएको छ ।

यस्तै सरकारी र प्रेसका सवारीले सरकारी पम्पहरुबाट तेल उपलब्ध गराइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL