काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरहरुलाई खाने पानी तथा विजुलीको सुविधा नदिने भएको छ । घर निर्माणको लागि महानगरबाट नक्सा पास गरेर लगेपनि निर्माण सम्पन्न प्रमाणपत्र नलिने गरेकाले उक्त व्यवस्था गरिएको महानगरपालिकाका सहरी विकास विभाग प्रमुख इञ्जिनियर राम थापाले जानकारी दिए । नक्सा पास विपरितका घर बनाएर प्रमाणपत्र नलिने प्रवृत्ति बढेको…