अर्थतन्त्रका परिसूचकहरु ओरालो लागिरहेको अवस्था छ । भर्खरै एशियाली विकास बैंकले गरेको प्रक्षेपणले नेपालको यो वर्षको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतमा खुम्चने देखाएको छ । आयातको तुलनामा निर्यातको अवस्था गिर्दो छ । व्यापार घाटा उच्च दरमा वृद्धि भई आयात निर्यात अनुपात करिव ९:१ को हाराहारीमा पुगेको छ । विनासकारी भुकम्प लगत्तै मुलुककै इतिहासमा सवैभन्दा…