काठमाडौं । पछिल्लो समय सेयर बजारमा दैनिक रुपमा उतारचढाव आएसँगै नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सजक रहन आग्रह गरेको छ । बजारको सम्बन्धमा विभिन्न संचार माध्यम, अनलाइन पोर्टल तथा फेसबुक र टिवटरजस्ता सामाजिक संजालहरुमा धितोपत्र बजारको परिसूचक तथा सूचिकृत कम्पनीहरुको सेयर मूल्यका सम्बन्धमा अनाधिकृत रुपमा विभिन्न खालका अड्कल र अनुमान गरी प्रकाशित गरिएको भन्दै सो विषयमा…