Logo

नवनिर्वाचित कार्यसमितिको सपथ आज, साढे चार बजे महासंघको सचिवालयमा पद हस्तान्तरण

नवनिर्वाचित कार्यसमितिको सपथ आज, साढे चार बजे महासंघको सचिवालयमा पद हस्तान्तरण


बिजखबर संवाददाता
27
Shares

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वा्चित कार्यसमितिले आज साढे चार बजे सपथ ग्रहण तथा पदभार ग्रहण गर्ने भएका छन्। अध्यक्ष पशुपति मुरारकाले महासंघ सचिवालय टेकुमा सपथ ग्रहण तथा पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

मंगलबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्लानगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका थिए।

बाँकी कार्यसमिति सदस्यहरुमा शेखर गोल्छा प्यानलको वहुमत आएको छ। गोल्छा प्यानलले कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानलाई छान्ने छ। महासंघको अध्यक्षमा अहिलेको वरिष्ठ उपाध्यक्ष भवानी राणाले सपथ ग्रहण तथा पदभार ग्रहण गर्ने्छिन्।

महासंघले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरेकाले भवानी राणालाई मुरारकाले अध्यक्ष पद हस्तान्तरण गर्ने छन्।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL