Logo

महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित

महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् ।

nnमहासङ्घको ५१ औं वार्षिक साधारणसभाको दोस्रो दिन भएको चुनावमा किशोर कुमार प्रधानलाई पराजित गर्दै गोल्छा बरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

17910679_1514481118602931_502132942_n - Copy

शेखरले जिल्ला तथा नगरबाट ६१ मत प्राप्त गरेका छन् । यता किशोर प्रधानले जिल्ला नगरबाट ४२ मत प्राप्त गरेका छन् ।

 

17857381_1514479525269757_1678193900_n - Copyत्यस्तै वस्तुगत तर्फ गोल्छा समुहले ४८ मत ल्याएका छन् भने प्रधानले ५३ मत प्राप्त गरेका छन् ।

महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । उनी किशोर प्रधान प्यानलका हुन् । उनले दिनेश श्रेष्ठलाई पछाडी पार्दै विजय हात पारेका हुन् । प्रमोद श्रेष्ठले ५५ मत ल्याएका छन् । यता  दिनेश श्रेष्ठले भने ४८ मत ल्याएका छन् ।

pramodd

त्यस्तै महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४९ मत ल्याएर विजयी भएका हुन् ।उनले प्रतिषपर्धी शंकर पाण्डे र अनुप बहादुर मल्ललाई पछि पारेका छन् ।  शंकर प्रसाद पाण्डेले ३८ मत ल्याएका छन् ।त्यस्तै अनुप बहादुर मल्लले ११ मत ल्याएका छन् ।

17909333_1514425178608525_2133029794_n - Copy

 

चन्द्र ढकाल एशोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।  महासंघको एशोसिएट्सतर्फका उम्मेदवार शौरभ ज्योतिले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै उनी निर्विरोध उपाध्यक्ष बनेका हुन् ।

saurab jyoti_chandra dhakal

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL