काठमाडौं । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रतिव्यक्ति ५ लाख रुपैंयासम्म ऋण दिने भएको छ । कोषले यसअघि प्रतिव्यक्ति २ लाख रुपैंया दिने गरेकोमा त्यसलाई बृद्धि गर्दै ५ लाख रुपैंयासम्म ऋण प्रदान गरिएको कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दंगालले बताएका छन । कोषले युवालाई उद्यम, कृषि लगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि…