काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को निर्वाचनमा तीन अलग अलग समूहले मनोनयन दर्ता गरेका छन् । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा…