काठमाडौं । ब्रुनईको ख्यातिप्राप्त सयामली रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । ब्रुनईमा रहेका नेपालीहरुले ब्रुनईमा रहेको सीयामली रेमिटान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यस्तै नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ८ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ ।…