Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनई बाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनई बाट पनि



काठमाडौं । ब्रुनईको ख्यातिप्राप्त सयामली रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । ब्रुनईमा रहेका नेपालीहरुले ब्रुनईमा रहेको सीयामली रेमिटान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यस्तै नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ८ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने समेत कम्पनीले जानकारी दिएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सयामली रेमीटान्सका निर्देशक सेरुजी बीनले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८ हजार ५ सयभन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL