Logo

फेरी लाख नाघ्यो सुन, एकै दिन तोलामा २२ सय रुपैयाँको वृद्धि

फेरी लाख नाघ्यो सुन, एकै दिन तोलामा २२ सय रुपैयाँको वृद्धि



काठमाडौँ । नेपाली बजारमा फेरि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको हो ।

laxmi

मंगलबार एकै दिन सुनको मुल्य तोलामा २२ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रति तोला एक लाख ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL