काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउन संसद विघटनको निर्णय लिएको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक काममा अवरोध आएको तथा पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैंँ सरकारका काममा अवरोध मात्रै आएको जनाउँदै…