काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आफ्ना कुल पुँजीको ३८.३३ प्रतिशत बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको थियो, जुन स्वीकृत भएको हो ।
यसअघि नै कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। अनुमति प्राप्त भएपछि अब कम्पनीले तोकिएको समय र प्रक्रिया अनुसार साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न पाउनेछ।