काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३५.७८ अंकले घट्दै २६ सय ५८ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १५ कम्पनीका १ करोड ५५ लाख ३८ हजार बढी कित्ता सेयर ७५ हजार ५ सय ८ पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये २ सय १५ कम्पनीको सेयरमुल्य घट्दा ३४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ । आज ओम मेगाश्री फर्म्यास्युटीकल्स र पीयोर इनर्जीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।