काठमाडौं । अविरल वर्षाका कारण पहिरो झरेपछि अवरुद्ध तनहुँको थर्पूस्थित पृथ्वी राजमार्गको यातायात सञ्चालनमा आएको छ । आज बिहान ६ बजे गाउँपालिकाको भवन बनाउन लागिएको स्थानमा पहिरो गएर थर्पू प्रहरी चौकी नजिकै लेदो झरेका कारण दुवैतर्फ यातायात अवरुद्ध बनेको थियो । पछि डोजर प्रयोग गरी लेदो हटाइएपछि राजमार्ग सञ्चालनमा आएको हो । बिहान आठ बजेबाट…