Logo

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’का लागि एनआईबिएल एस क्यापिटल रजिस्ट्रारमा नियुक्त

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’का लागि एनआईबिएल एस क्यापिटल रजिस्ट्रारमा नियुक्त



काठमाडौं । कृषि विकास बैंकले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’का लागि डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडका प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलका सहायक महा प्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL