Logo

कमोडिटी एक्सचेञ्जमा बैंकबाट ऋण लिएर लगानी गर्न नपाईने, ४९ प्रतिशत सेयर सर्वसाधारलाई बिक्री गर्न सकिने

कमोडिटी एक्सचेञ्जमा बैंकबाट ऋण लिएर लगानी गर्न नपाईने, ४९ प्रतिशत सेयर सर्वसाधारलाई बिक्री गर्न सकिने



काठमाडौं । कमोडिटी एक्स्चेञ्ज स्थापना गर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा वा सापटी लिएर लगानी गर्न नपाईने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

जस अनुसार संस्थापकहरुले लगानी गर्ने रकम बैंक, वित्तीय संस्था लगायतबाट ऋण सापटी प्राप्त गरेको रकमबाट प्रस्तावित संस्थामा लगानी गर्न पाइने छैन । निर्देशिका अनुसार वस्तु विनिमय बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले कम्तीमा एकाउन्न प्रतिशत र बढीमा सत प्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनु पर्नेछ । तर एक जता संस्थापकले बढिमा ५ प्रतिशतभन्दा बढि सेयर होल्ड गर्न पाउने छैनन् । तर प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदारलेकुल चुक्ता पुँजीको बढीमा एकाउन्न प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ ।

कमोडिटी एक्सेञ्जका संस्थापकले न्यूनतम ५१ प्रतिशत सेयर होल्ड गरी बाँकी सेयर सर्वसाधारणका जारी गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL