Logo

Global_Ime

नेपालमा ‘स्कोडा कुशाक’को बुकिङ खुल्यो, मूल्य ५० देखि ६५ लाखसम्म

नेपालमा ‘स्कोडा कुशाक’को बुकिङ खुल्यो, मूल्य ५० देखि ६५ लाखसम्म



काठमाडौं । स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको मूल्य भारतमा सार्वजनिक भए लगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ ।

laxmi bank orange saving
NABIL

एमएडब्लुले नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा कम्पनीको छ । नयाँ एसयुभी फक्स वागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा बनेको पनि कम्पनीले जनाएको छ ।

इन्जिन ट्रान्समिसन
कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी हो । नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्रने छन् । टीएसआई इन्जिन बहुप्रतिक्षित इन्टरनेशनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो । यस अवार्डलाई अटोमोबाइल क्षेत्रले ओस्कार जस्तै मान्दछन् । यो इन्जिनले ११५ बीएचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन बेस्ट इनक्लास हो । टीएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ ।

डाइमेन्सन
कुशाक एमक्युबीएओ आईएन प्लेटफर्ममा निर्माण गरिएको एसयुभी हो जुन विग्रेका सडकलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ । यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । साथै यसको ह्विल बेस २६५१ एमएम छ जुन सेग्मेन्टकै सबै भन्दा बढी हो । कुशाकको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।

फिचर
नयाँ कुशाकमा टु–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफङ्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन् ।

सुरक्षा व्यवस्था
सुरक्षाका लागि कुशाकमा ६ वटा एअर ब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेड ल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम रहनेछन् । स्कोडामा ईएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । त्यसैले, टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल पनि रहनेछ । यसका सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहनेछ ।

भेरियन्ट र कलर
नयाँ कुशाक ३ ट्रिम–एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ ।

मूल्य
भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारु सम्म मूल्य राखिएको नयाँ कुशाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान छ । कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc