काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट सिराहा कर्जन्हा ११ स्थित श्री जनसेवा माध्यामिक (प्राविधिक) विद्यालयका ३४१ जना छात्राहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सरसफाई, यौन तथा प्रजनन् स्वास्थ्य, हिंसा तथा लैङ्गिक हिंसा, बाल विवाह रोकथाम, मानसिक स्वास्थ्य र आत्मरक्षा…