Logo

सेयर बजारमा फर्कियो चमक, ५६ अंकले बढेको बजारमा कारोबार १ अर्ब २९ करोडमाथि

सेयर बजारमा फर्कियो चमक, ५६ अंकले बढेको बजारमा कारोबार १ अर्ब २९ करोडमाथि



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५६.११ अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो दिशातफ उन्मुख सेयरबजारले तिहारपछि भने लय समातेको छ । सोही अनुसार मंगलबार पनि नेप्से परिसुचक उच्च अंकले बढ्न पुगेको हो ।

laxmi

आज कारोबार समयभर २ सय ३१ कम्पनीको ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रुपैयाँ पुगेको छ ।

कारोबार समयको सुरुवातदेखि नै उकालो यात्रा तय गरेको बजारमा सबै उपसमुहहरुमा हरियाली छाएको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढी वृद्धि भने वित्त उपसमुहको परिसुचकमा देखिन्छ ।

आज वित्त उपसमुहको परिसुचक ५.४ प्रतिशतले उकालो लाग्दा अतिरिक्त उपसमुहको परिसुचक ५.२८, व्यापार उपसमुहको परिसुचक ४.५६, जलविद्युत उपसमुहको ४.३७ र विकास बैंक उपसमुहको परिसुचक ३.९५ प्रतिशतले बढेका छन् ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ उपसमुहको परिसुचकमा मंगलबार २.२ प्रतिशतको वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL