Logo

सर्वोच्चको आदेशपछि सेबोन ब्याक, नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण स्थगित

सर्वोच्चको आदेशपछि सेबोन ब्याक, नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण स्थगित



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स वितरण स्थगित गरेको छ । गत कात्तिक ४ गते सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएपछि बोर्डले उक्त लाइसेन्सका लागि आवेदन दिएका ईच्छुकलाई लाइसेन्स दिने काम तत्कालका लागि स्थगित गरेको हो । मंगलबार बोर्डले एक सूचना जारी गर्दै अर्काे निर्णय नहुन्जेलसम्मका लागि उक्त लाइसेन्स वितरण रोकिएको जानकारी दिएको छ ।

laxmi

बोर्डले गत असोज २ गते नयाँ स्टकका लागि लाइसेन्स दिने भन्दै ३० दिने र एउटा नयाँ स्टक र २ वटा कम्पनीलाई बस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन माग गर्दै सूचना प्रकाशित गरेको थियो । ब्रोकरका लागि पुरानो १ र नयाँ ४५ सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

यता सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL