GBIME

भृकुटी मण्डपमा सुरु भयो स्वदेशी जुत्ताचप्पल सेल मेला, ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
1 November, 2022 1:20 pm

jutta mela1

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जत्ताचप्पल मेला शुरु भएको हो । भृकुटीमण्डपको प्रवेशद्वारसँगैको सानो चौरमा विभिन्न ७ वटा स्वदेशी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको छ ।

NABIL
lAXMI_BANK

नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जानकारी दिएका छन् । मेलामा नेपालका प्रख्यात जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर शुज, प्राइड स्वदेशी जुत्ता, वन वोल्ड सुज, बोस सुज, फुट स्टेप, हिमानी कलेक्सन तथा हाइलाइफ सुजका महिला पुरुष दुवैका लागि हुने फुटवेयरहरु राखिएको आयोजकले जनाएका छन् ।

मेलामा जाडो र विवाहको सिजनलाई लागि लक्षित नयाँ ब्राण्डका जुत्ताचप्पल राखिएको प्राइड सुजका संचालक रामहरि तोलाङले बताए । मेलामा क्याजुअल, स्पोर्टस्, पार्टी, बुट स्कुल, कलेज, कर्मचारीका युनिफर्म जुत्ताका साथै पुरुष, महिला र बालबालिकाका जुत्ताचप्पल राखिएका छन् । मेलामा १ सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मका जुत्ता भारी छुटमा किन्न पाइने रामहरि तोलाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL